भाद्र २, भारता । भारतको चण्डिगढमा बलात्कारपछि गर्भवती भएकी १० बर्षीय बालिकाले स्वस्थ बच्चा जन्माएकी छन् । समय अगावै बच्चा जन्मिएको भएपनि आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रिया गरेर सुत्केरी गराएकी बालिकाको बच्चाको तौल २ दशमलव ५ किलोग्राम रहेको छ ।
बालिकालाई अझै १० दिन जति अस्पतालमै राखिने बताईएको छ । ती बालिकालाई उनी सुत्केरी भएकोबारे भने थाहा दिईएको छैन । उनको पेटभित्र ढंगा भएकोले उपचार गरिएको बताईएको थियो । गत जुलाईमा मात्र उनी गर्भवती भएको परिवारलाई थाहा भएको थियो ।
बालिकालाई उनका काकाले ७ महिनासम्म पटक पटक बलात्कार गरेका थिए । उनका काका अहिले जेलमा रहेका छन् । गत महिना बालिकाका आफन्तले उनको गर्भपतन गर्न माग गरेका थिए । तर सर्वोच्च अदालतले भने बालिकाको स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै गर्भपतन नगराउन आदेश दिएको थियो । ती बालिकाको परिवारले नवजात शिशुलाई नअपनाउने बताउदै आएका कारण धर्मपुत्रीका रुपमा उनलाई कसैले नअपनाएसम्म बाल कल्याण समितिको संरक्षणमा राखिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here