महेन्द्र जिसी १ भदौ पर्वत
मोदी गाउँ पालिकामा भव्य दर खाने कार्यक्रम सम्पन्न गरीएको छ । क्षेत्र न १ व्यवस्थापिका संसद अर्जुन प्रसाद जोशीको आयोजनामा दर खाने कार्यक्रम गरीएको हो । मोदी गाउँ पालिका एवं कुश्मा नगर पालिकाका विभिन्न वाडाका महीला दिदी बहीनीहरुको सहभागितामा दर खाने कार्यक्रम गरीएको हो । दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै संसद जोशीले तीज महीलाहरुको मात्र पर्व नभई सबै हिन्दु नेपाली दाजु भाई र दिदी बहीनीको रहेको बताउनु भयो । विकासका हरेक पलमा महीला पुरुषको सहभागिता आवश्यक रहेको उल्लेख गर्नू भयो । महीला र पुरुष समाजका एक रथका दुई पाङग्रा रहेको बताउँदै जोशीले समाजको विकासमा पुरुषको जती महीलाको पनि भुमीका रहेको बताउँदै आर्थिक विकासमा महीलाहरु अग्रसर गराउने अबको आवश्यता रहेको बताउनु भयो ।
बाईट
कार्यक्रममा वोल्दै जोशीले स्थानीय निकाय कार्यान्वयनमा आईसके पनि धेरै कार्यक्रमहरु अझै सदरमुकाम केन्द्रीत हुने गरेकोमा आँफुले सदरमुकाम भन्दा बाहीरका जनतालाई समेटन कार्याक्रमको आयोजना गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै जोशीले संसद विकास कोषको रकम सबै जनताको रहेको बताउँदै विकासमा महीला पुरुषको सहभागिता बढाउन आगामी बजेट महीलाहरुका क्षेत्रमा खर्च गर्ने उल्लेख गर्नुभयो । जोशीले महीला दिदि बहीनीहरुलाई आँफुहरुको आर्थिक उन्नतीमा लाग्न कार्यक्रमको माग गर्न समेत आग्रह गर्नुभयो । एक प्रसंगमा जाेशीले विगतकाे निर्वाचनमा जे जस्ताे भएता पनि अागामी निर्वाचन यस क्षाेत्रमा नेपाली कांग्रेसले जित्नू पर्ने धारणा व्यक्त गर्नू भयाे ।
बाईट
कार्यक्रममा कुश्मा नगर पालिकाका उपमेयर सीता काफले लामीछानेले अबका पर्वहरुलाई विकास र सक्षमतामा बदलेर मनाउनु पर्ने बताउनु भयो । घर भित्र मात्र सीमीत हुने महीलाहरुलाई हेरेर विकासका गतिविधिहरू ल्यउनू पर्ने, अव अाफै व्यत्तित्व र नेतृत्व विकासमा लाग्न पर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा सयाै महीलाहरुको सहभागिता रहेको थियो । मोदी गाउँ पालिकाका नेपाली काँग्रेसका उपाध्यक्षका उमेदवार मिना केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला संङका जिल्ला अध्यक्ष जाेगमाया प्रसाइले गर्नू भएकाे थियाे भने सञ्चालन आर सी पौडेलले गर्नुभएको थियो । उक्त कार्यकममा रास्टिय कलाकार चाेलेन्द्र शर्मा,विमलराज क्षेत्री सरस्वती लामिछाने,तुलसा जिसी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here