१ भदौ दैलेख । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका एक नेपाली सडकमा मृत फेला परेका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिका–४ जगनाथका ३६ वर्षीय पदमे दमाई जोहोरबारको कुलाङ्गमा ५ दिनअघि मृत भेटिएका त्यहाँबाट किशोर मल्लले जानकारी दिएका छन् । खल्तीमा नेपाली नागरिकता फेला परेपछि मृतक पदमे दमाईको परिचय खुलेको हो । ६ वर्षअघि मलेसिया पुगेका उनी भिसा सकिएपछि पनि लुकेर काम गर्दै आएका थिए । ‘रन आउट’मा भएकाले मृतकको शव नेपाल पठाउन कठिन भएको मल्लले बताए ।

मलेसियास्थित नेपाली राजदूताबासले सहयोग नगरेको तथा नेपालमा परराष्ट्र मन्त्रालयमार्फत पहल गरे मात्र शव नेपाल पठाउन सजिलो हुने भीमबहादुर थापाले जानकारी दिए । तीन वर्षअघि घरमा दुई छोरा र दुई छोरी छोडेर श्रीमति अन्यत्रै विवाह गरेको खबर पाएपछि पदमे दमाई भिसा सकिएपछि पनि मलेसियामै बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here