१ भाद्र काठमाडौं  । देशका विभिन्न भू-भागमा गएको बाढी पहिरोका कारण स्नातक तह प्रथम वर्षको परीक्षा सरेको छ ।

यसअघि भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार भदौ ४ गते हुने परीक्षालाई १७ गते, ५ गतेकोलाई २४ गते, ६ गतेको परीक्षा २८ गते, ७ गतेको परीक्षा २९ गते र ९ गतेको परीक्षा ३० गतेका लागि तय गरिएको छ । ११ गतेदेखिको परीक्षा भने पुरानै तालिकाअनुसार सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here