३२ साउन कूश्मा पर्वत, । पर्वत उद्योग बाणिज्य संघले जिल्ला समन्वय समितिका संयोजक र एसपीलाई स्वागत तथा वधाई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख मनोहर बि पौडेल तथा सदस्यहरु ज्ञान वहादुर भण्डारी,कवीता वि.क. र चण्डिका शसस्त्र प्रहरी गणका प्रमुख नबराज आर्याललाई स्वागत तथा वधाई कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख मनोहर बी पौडेलले पर्वत जिल्लाको समग्र उद्योग र व्यावसायको विकास र प्रवद्र्धनका लागि आफुले निरन्तर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफुपनि उद्योगी व्यावसायीकै अभिन्न अंग भएको बताउँदै पौडेलले समग्र जिल्लाको औद्योगिक विकासका लागि पहल गर्ने बताउनुभयो । उहाँले उद्योग व्यावसायको विकास बिना जिल्लाको आर्थिक विकास सम्भव नरहेको बताउँनू भयो । उद्योगी व्यवसायी संग रहेर लामे समय काम गरेको अनुभव सुनाउदै उहांले उद्योग व्यवसाय प्रवर्धनका लागी आफ्नो भुमिका निरन्त्रर रहने धारणा व्यक्त गर्नू भयो । जिल्लाको जलजला देखि बिहादी सम्मका उद्योगी व्यायवासीको पक्षमा आफुले काम गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी बल चण्डिका गणका गणपति नबराज अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षा र जनताहरुलाई सुरक्षा प्रदान गर्नका लागि शसस्त्र प्रहरी सदैब तयार रहेको बताउनुभयो । उहाँले धार्मिक, सामाजिक, आर्थिक लगायत कुनै विपत्ति परेमा सशस्त्र प्रहरी तत्काल घटना स्थलमा पुगेर उद्धार कार्य गर्ने बताउनुभयो । उहाँले विगतमा जस्तै उद्योग वाणिज्य संघ संग सहकार्य गरेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नू भयो।
कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेलाइ  नेपाल उधोग वाणिज्य महासंघको स्थानिय अार्थिक विकास समितिको उपसभापतिमा मनोनित हुनुभएकाेमा वधाई समेत ज्ञापन गरिएको थियो।
कार्यक्रमका अध्यक्ष हरीओम शर्मा लामिछानेले समग्र जिल्लाको बस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य संघका बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी र संचालन महासचिब ठाकुर बी पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here