३२ साउन नुवाकोट । खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ ।
खाना पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उनका भाई अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।