३१ साउन काठमाडौं । शिक्षक सेवा आयोगले भाद्र ३ गतेको लागि निर्धारण गरेको परीक्षा भाद्र १० गतेका लागि सारेको छ । आयोगले दोस्रोपटक परीक्षाको मिति सारेको हो ।

मंगलबार अाज एउटा सूचना जारी गर्दै आयोगले भाद्र ३ गतेको परीक्षा १० गतेकालागि सारिएको जनाएको हो ।

आयोगले अविरल वर्षाको कारणले मुलुकका केही भागहरुमाअसहज अवस्था सृजना भएको तथा  कतिपय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको र परीक्षार्थीहरु समेत परीक्षा केन्द्रसम्म आवतजावत गर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उक्त परीक्षा मिति २०७४ भाद्र १० गते शनिबार बिहान ११ः०० बजे पूर्व घोषित परीक्षा केन्द्रमा नैहुने गरी संशोधन गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here