३१ साउन महाेत्तरी धेरै कलाकारले बाढीबाट प्रभावित मानिसहरुका लागि सामाजिक संजालमा स्टाटस लेखिरहँदा वा केही कलाकारले रकम सहयोगको घोषणा गरिरहँदा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भने महोत्तरी पुगिसकेका थिए ।

महोत्तरीमा पहिले नै खाद्यान्न र डाक्टरको बन्दोवस्त मिलाइसकेका धुर्मुस आइतबार बेलुकीबाट नै सहयोगमा खटिएका थिए । उनै, सिताराम र कुञ्जनाको ‘धुर्मुस-सुन्तली फान्डेशन’ले मंगलबार बेलुकी सामाजिक संजालमा केही तस्बिरहरु पोष्ट गर्‍यो । सामाजिक संजालमा यी तस्बिरहरु सार्वजनिक हुने वित्तिकै धुर्मुसको कामको प्रशंसा हुन थालेको थियो ।

यो समाचार लेखिरहँदा धुर्मुसको कामको प्रशंसा गर्नेहरुले उनलाई विभिन्न उप-नाम दिइसकेका छन् । आखिर, कस्तो थियो तस्बिर ? ‘न खाने गाँस छ, न त बस्ने बास छ । सम्पत्तीको नाउँमा शरीरमा एक सरो लूगा बाहेक केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदहस्थित कोसी बाँध किनारका बाढी पीडितहरुको व्यथा हो यो । हामीले लिएर गएको राहतको सामाग्री उहाँहरु रहेको स्थानसम्म पुर्‍याउन निकै कठिन परेपछि उहाँहरुलाइ सुरक्षित स्थानमा भेला गराइ मुश्किलले राहत प्रदान गरियो ।’, फाउन्डेशनको आधिकारिक पेजमा यस्तो लेखिएको छ ।

स्थानियलाई सुरक्षित स्थानमा सार्नका लागि धुर्मुस आफै खटिएका थिए । कम्मर भन्द माथिसम्म डुबाउने पानीमा आफै पसेर धुर्मुसले एक बालकलाइ काँधमा बोकेका छन् । यो तस्बिर अहिले सामाजिक संजालमा निकै चर्चित मात्र भएको छैन, धुर्मुसको कामको चौतर्फी प्रशंसा पनि भएको छ । ३ वटा एकिकृत नमुना बस्ती बनाएका धुर्मुसले सरसफाइलाइ पनि निरन्तरता दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here