३१ साउन कास्की । पोखरामा एक सैनिकले गोली हानेर सहकर्मीको हत्या गरेका छन् । मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत गणेश बिष्टले सहकर्मी बसन्त लोहारलाई गोली हानेका हुन् ।

बैतडी घर भएका बिष्टले दार्चुलाका लोहारलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सात राउण्ड मध्ये लाहोरलाई चारवटा गोली लागेको थियो ।

कोखामा गोली लागेर गम्भीर घाइते भएका लोहारको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण बिष्टले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here