३१ साउन काठमाडौं  नेपाल पत्रकार महासंघको २५औ महाधिवेशनमा अध्यक्ष पदका लागि पत्रकार तीर्थ कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्।
सोमबार कोइरालाले राजधानीमा पत्रकार सम्‍मेलन गरेर आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

अध्‍यक्षको उम्‍मेदवारी घोषणा गर्दै पत्रकार कोइरालाले पत्रकारितालाई मर्यादित र व्‍यावसायिक बनाउनेमा प्रतिवद्ध रहेको बताए। उनले भने, ‘
‘पत्रकारिताको विश्वसनीयता कायम राख्न दलगत आधारमा नभई पत्रकारकै संस्थाका रूपमा विकसित गर्न मैले उम्‍मेदवारी दिएको हुँ।’

उनले महासङ्घको हालसम्मका उपलब्धिलाई जोगाएर राख्ने र पत्रकारितालाई राजनीतिक छाँयाबाट मुक्त गर्ने बताए। ३४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय कोइराला हाल थाहाखबर डट कमका प्रधानसम्पादक हुन्। उनलाई चौतारीले समर्थन गरेको छ।

यस्तै पत्रकार महासंघको अध्यक्ष पदमा गोविन्द आचार्यले पनि उम्‍मेदवारी घोषणा गरेका छन्। उनलाई नेपाल प्रेस युनियन र प्रेस सेन्टरले समर्थन गरेको छ।

काठमाडौँमा भदौ ४ र ५ गते महासंघको २५औँ महाधिवेशन हुँदै छ। उक्त महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष- २, महासचिव, सचिव– ६ र कोषाध्यक्षसहित ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। महाधिवेशनले महासंघलाई संघीय संरचनामा लैजानेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here