साउन ३० भरतपूर नारायणी नदीको बाढिले नवलपरासीको नन्दपुरवाट बगाएको गैंडा मृत अवस्थामा फेला परेको छ । नवलपरासीको मध्यबिन्दु नगरपालिका २ रतनपुर पारीको निकुन्जको टापुवाट नारायणीले बगाएको गैडा त्रिवेणी नजिकको नरसहिको ठोक्करमा मृत अवस्थामा फेला परेको हो । मरेको गैडा २ वर्षको पोथी हो ।
अर्को गैडा भने जिवितै नरसहिमा निस्कीएको स्थानियले जानकारी दिए । मध्यबिन्दु नगरपालिको पारि निकुन्जको सानो टापुमा फसेको गैडा आत्तिएर निस्कन खोज्दा बगाएको थियो । बगेको स्थानवाट करिब २२ किलोमिटर दक्षिणमा नारायणीको बाढि नियन्त्रणका लागि बनाइएको ठोक्कर (बांध) मा मरेको गैडा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मरेको गैडा प्रहरीले जिल्ला वन कार्यालय परासीलाई बुझाएको छ ।
गैडा फेला परेको स्थानमा अन्य ५ वटा हरिण पनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गैडा र हरिण एउटै स्थानवाट हिजो बगाएको हो । गैडा खाग र खुर सहित भेटिएको हो । रतनपुरस्थित सानोटापुवाट हिजो नारायणी नदीले एउटा गैडा र ६ वटा हरिण बगाएको थियो ।