साजन परियार कुश्मा, पर्वत । । बुधवार दिउँसो विरामी लिएर गएका फलेवास नगरपालिका–३ का गिरीजाप्रसाद तिवारीले एक्सरेका लागि घण्टौ वस्दा पनि एक्सरे गर्न पाएनन् । अस्पतालका डाक्टरहरुलाई फोन गरेर वोलाउँदा पनि नआएपछि उनले सेवा लिन पाएनन् । भ¥याङवाट लडेर घाईते भएकी श्रीमतीलाई आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरेका तिवारीले अस्पतालमा पुग्दा सेवा नै लिन नपाएको गुनासो गर्नुभयो । उहाँ एक उदाहरणमात्र हुनुहुन्छ ।

जिल्ला अस्पतालमा सर्वसाधारणहरुले यस्तै गुनासो पटक पटक गर्ने गरेका छन् । जिल्ला अस्पताल पर्वतमा पछिल्लो समय कमाउधन्दा बढेपछि सेवामा भन्दा स्वर्थमा लिप्त हुन थालेको पाइन्छ , डिउटीको समयमा डाक्टरहरु निजि अस्पताल धाउन थालेका कारण विरामीले सेवा पाउन सकेका छैनन् । पछिल्लो समयमा सरकारले सरकारी अस्पतालमा सेवा सुविधा बढाएता पनि नागरिक सरकारी अस्पतालमा जान भने त्यति रुचाउँदैनन ।

सरकारी अस्पतालमा राम्रो स्वास्थ्य परिक्षण नहुने, समयमा डाक्टर नभेट्निु, विरामी सँग राम्रो व्यवहार नहुनु र डाक्टरहरुको लापरवाही गर्ने लगायतका कारण भएकाले सरकारी अस्पतालमा सेवाग्राहीको सहभागीता कम हुने गरेको पाइन्छ ।डाक्टरहरु बिच समय बाँडफाँडको विवाद भएका कारण विरामीले सही समयमा परामर्श पाउन नसकेको जिल्ला अस्पतालमा आउने विरामीहरुको गुनासो छ ।

अस्पतालमा विहान १० वजेदेखि साँझ ५ वजेसम्म डाक्टरहरुले सेवा दिनुपर्नेमा उक्त समयमा पनि डाक्टहरु फेला पर्दैनन । एक्सरे सेवा, आकस्मिक सेवा, अन्तरंग र वहिरंग सेवामा लापरवाहि हुने गरेको सबैभन्दा वढि गुनासो आउने गरेको छ ।

जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स पनि सञ्चालन हुन नसकेका कारण विरामीलाई झन ठुलो समस्या झेल्नु परेको छ ।  जिल्ला अस्पताल पर्वतले भने, एम्बुलेन्स बिग्रिएका कारण एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकेको बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here