पर्वत, साउन ३०-उत्प्रेरणा तालिमका अन्तराष्ट्रिय सहजकर्ता सौनक भट्ट जब तालिम हलमा प्रबेश गरे तब तालिमका सहभागीहरु आश्चर्य चकित भए । सानो उमेरका देखिने सौनकले जब तालिमहलमा सहभागीहरुलाई उठबस गराए अनि उनको कला बल्ला थाहा भयो ।

पर्वत जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन उत्प्रेणा तालिम सञ्चालन गरेको थियो तालिमको मुख्य सहजकर्ता थिए अन्तराष्ट्रिय मोटिभेटर सौनक भट्ट । सामान्तय अवस्थामा देखिनै सौनकले पर्वतमा आयोजित उत्प्रेणा तालिममा आफ्नो भएभरको क्षमता प्रदर्श गरे । पर्वतका विभिन्न विद्यालयका प्रधानध्यापक, सञ्चालक, उद्योगी व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी, युवा युवती, महिला लगायतको सहभागिता रहेको तालिममा उठबस गराए । उठबस गराउने कुरा सामान्यतया विद्यालय तथा अन्य विभिन्न शैक्षिक क्षेत्रमा कारबाहीको रुपमा बुझिएपनि उनले शारिरीक तनावलाई कम गर्न उठबस गर्नु उपयुक्त भएको कुरा प्रष्टाए ।

पर्वत जेसीजले भट्टलाई पारिश्रमिक नै दिलाएर तालिममा सहभागी गराएको थियो । करिव ३ घण्टा भन्दा बढी सञ्चालन गरिएको उनको तालिममा शारिरीक तनावलाई कसरी व्यवस्थापन गर्ने र उत्प्रेरणा जागरण कसरी गराउन सकिन्छ भन्ने कुरामा उनले प्रशिक्षण दिएका थिए । करिव २ सय भन्दा बढी सहभागीहरुलाई पर्वत जेसीजले तालिम प्रदान गरेको कार्यक्रम संयोजक धिरजकुमार यादवले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here