मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ ।
सो हमलामा परी उहाँका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उहाँलाई नै लक्ष्यगरी सो हमला भएको हो ।
तर सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उहाँ रहनुभएकोले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहनुभएको अनुमान गरी गोली चलाइएको थियो ।

गोली लागेर उहाँको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ । फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उहाँको सवारीका लागि ठूलो सङ्ख्याका सवारी खटाइएको थियो ।

तर हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । गोली लागेर चार जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए ।

सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ । एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट बिद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here