१५ साउन पोखरा 

छोरालाई जानकारी गराएर एक व्यक्तिले सेती नदीमा हाम फालेर बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका १३ ठूलीपोखरी घर भई पोखरामा बस्दै आएका ५७ वर्षीय कुष्णप्रसाद रिमाल वेपत्ता भएका हुन् । उनले सेती निदमा हाम फाल्नु पुर्व छोरालाई जानकारी गराएका थिए ।

आईतबार दिउँसो २ बजेतिर सिमसिम पानी परिरहेका बेला कोठाबाट घुम्न भन्दै निस्किएका रिमालले पोखरा लेखनाथ महानगरपालिका याम्दीबाट सेती नदीमा हामफालेको प्रहरीले जनाएको छ । उनले नेपाल प्रहरीमा कार्यरत रही हाल नवलपरासीमा रहेका छोरालाई मोबाइलबाट सम्पर्क गरी ‘म सेती नदीमा हाम फाल्छु, खोजी नगर्नु’ भन्दै जानकारीसमेत गराएका थिए ।

रिमाल लामो समयदेखि बिरामी भएर उपचार गराउँदै आएका थिए । मृगौला, पिसावलगायत रोगबाट पीडित उनको पछिल्लो समय स्वास्थ्यमा सुधारसमेत आईरहेको आफन्तजनले बताए । प्रहरी तथा आफन्तजनले उनको खोजी गरेका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here