१५ साउन कुश्मा पर्बत/ नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक जोडीले आत्महत्या गरेका छन ।  हाम फालेका जोडिको आईतबार प्रहरीले मोदिखोलाबाट शब निकालेको छ । ललितपुर उपमहानगरपालिका वडा नम्बर १४ बस्ने बर्ष २५ कि मुना राना र जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष २६ का अमित गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
व्यागमा फेला परेका कागजातका आधारमा उनीहरुको पहिचान खुले पनि घटनाको रहस्य पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । व्यागमा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत रहेको प्रहरीले जनाएको छ ।

दुबैका घरपरिवारमा खबर गरिएकोले आफन्त नआएसम्म दुबैजनाको शव जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । दुबैजनाको शव पुलदेखि करिब १४० मिटर तल मोदीखोला किनारमा आइतबार बिहान १० बजेतिर फेला परेको हो । जोडिले के कारणले आत्महत्या गरे भन्ने कुरा नखुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here