१४ साउन पर्वत, कृषि विकास बैंक कुश्माका लेखापाल दिपेन्द्र गौडेल मृत भेटिएका छन् । २४ दिनअघि घरबाटै बेपत्ता फलेबास–४ मुडिकुवाका गौडेलको स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जनबिद्युत आयोजनाको ड्याममा शनिबार बिहान शव भेटिएको हो । उनी असार २२ गते बिहानदेखि बेपत्ता थिए ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख चिनकपुर गुरुङले कालीगण्डकी ए जलबिद्युत आयोजनाको ड्याममा भेटिएको शव गौडेलको भएको जानकारी दिए । ‘बिहान शव भेटिएको थियो, बेपत्ता भएका गौडेलका आफन्तले देखाउँदा उनकै भएको पहिचान गरेका छन’ गुरुङले भने । शव मिर्मिबाट वालिङ प्राथमिक स्वास्थ्य चौकीमा ल्याएर पोष्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने उनले बताए ।
गत असार २१ गते कार्यालयको काम सकेर राती १० बजे मात्रै उनी घर फर्केका थिए । उक्त दिन बाहिरबाट नै खाना खाएर आएको भन्दै सुतेका उनी असार २२ गते बिहान सुतेको कोठामा थिएनन् । एकाएक घरबाटै बेपत्ता भएपछि गौडेल परिवारको रुवाबासी चलिरहेको थियो । आफन्त र प्रहरीले गौडेल बेपत्ता भएदेखि नै खोजीकार्य जारी राखेको थियो ।
प्रहरीले नाम, वतन र हुलिया दिएर आफ्नो संगठनमार्फत पनि खोजी जारी राखेको थियो । आफन्तले कालीगण्डकी नदी किनारमा समेत खोजी गरेपनि पत्ता लाग्न सकेको थिएन् । घरबाटै हराएर पत्ता नलाग्दा परिवार निकै चिन्तित थिए । उनको शव भेटिएपनि मृत्युको कारण खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here