• पर्वत कुश्मा १४ साउन,
    रामकृष्ण लामिछाने
    सामािजक सेवामा कृयाशिल लायन्स क्लव अफ पर्वत चौतारीले नाग पञ्चमी र रक्षा वन्धनको अवसर पारेर फरक क्षमता भएका व्याक्तिलाई लत्ता कपडा र खाद्यान्न सामाग्री वितरण गरेको छ । मजदुरी काम गर्ने विपन्न पर्वत कुश्मा अर्मादी निवासी राम वहादु्र क्षेष्ठ माईला लाई लत्ता कपडा र खाधन्न वितरण गरिएकोे हो । लायन्स कल्व अफ पर्वत चौतारीका अध्यक्ष परुषोत्तम आचार्य र समाजसेवी लोकनाथ आचार्यले श्रेष्ठलाई आज रामजानकी मन्दिरमा आयोजना भएको कार्यक्रममा सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा समाजसेवी लोकनाथ आचार्यले गरिव तथा विपन्न व्याक्तिहरुलाई लायन्स जस्तै अन्य संस्थाहरुले पनि सहयोग गर्नुपर्ने वताउनुभयो । उहाँले सामाजिक संघ संस्थाहरुले गर्ने सहयोगले समस्यामा परेका व्याक्तिहरुले थोरै भएपनि राहात पु-याउने उल्लेख गर्नुभयो । कार्यक्रममा लायन्स क्लव अफ पर्वत चौतारीका सदस्यहरु,विभिन्न संघसंस्थामा आवद व्यक्तिहरुको उपस्थति रहेको थियो । लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव याम प्रसाद शर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here