श्रावण १३,काठमाडाैं – पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले शुक्रबार पदबाट राजीनामा दिएका छन् । यसअघि उनलाई एक भ्रष्टाचारको मामिलामा सुनुवाई गर्दै सर्वोच्च अदालतले अयोग्य घोषित गरेको थियो ।

अदालतको यो आदेश सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार सरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको सम्पतिबारे गरिएको अनुसन्धान पछि आएको हो । उनले त्यस आरोपको निरन्तर रुपमा अस्वीकार गर्दै आएको थियो ।

बीबीसीका अनुसार उक्त आदेश सर्वोच्च अदालतको पाँच जना न्यायाधीशहरुको बेत्र्चले सर्वसम्मत रुपमा गरेको हो ।

शुक्रबार उक्त आदेशका बेला अदालत भरिभराउ थियो भने राजधानी सहरमा दशौं हजार सुरक्षा फौज तैनाथी गरिएको थियो । रोयटर्सका अनुसार एक जना न्यायाधीश इजव अफजल खानले भने, ‘नवाज सरिफ संसदको इमान्दार सदस्यको रुपमा रहेनन् ।’

यस भ्रष्टाचार काण्डमा सरिफकी छोरी मर्यम, ज्वाई सफ्दर, अर्थमन्त्री इक्कदर र अरु पनि व्यक्तिहरु मुछिएका छन् ।

बीबीसीले पाकिस्तानमा कुनै पनि निर्वाचित प्रधानमन्त्रीले आफ्नो कार्यकाल पुरा नगरेको र सरिफ पनि कार्यकाल पुरा गर्न एक बर्षभन्दा कम समय बाँकी हुँदा बर्खास्तगीमा परेको जनाएको छ ।

इकान्तिपुर वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here