१२ साउन, कुश्मा पर्वत।

हिन्दु र वाहुन वाद वास्तवमा एक रथका दुई पाग्रा हुन । किनकी जवसम्म हिन्दुको अस्तित्व रहन्छ । तव सम्म बाहुनवाद संसारमा मौलाई रहेको हुन्छ । आज विश्वमा पांचवादले सम्पुर्ण धर्म सस्कृतिलाई समेटेको छ । मुस्लिमवाद ,क्रिश्चियनवाद ,हिन्दुवाद ,मंगोलियनवाद र अर्फिकन वाद –कालाजातिको संस्कृती गरेर विभाजित छन्र, यिनका उपशाखा उपविभाजन भने सयौ रहेका छन् । यि भित्रका पुर्विय दर्शन वोकेका पुराना वाद भनेकै हिन्दुवाद हो । वास्तवमा यदि कसैले ईतिहासलाई राम्रोसँग विचार सहित अध्यन गरेको छ भने अथवा मानव सभ्यता को बिकास क्रम कसरि भयो भन्ने अध्यन राम्रोगरि गरेको छ भने त्यसलाई प्रस्टसँग थाहा भएको हुन्छ ।

संसारमा वा पृथ्वीको उत्पत्ति र त्यसैसँग उत्पत्ति भएको वादनै हिन्दुवाद हो वा वैद्धीक सनातन हिन्दु हो । यसमा कसैको फरक मत छैन् । पछि विकास क्रम सँगसगै हिन्दुवाद अलगिएर जाने क्रममा विभिन्नवाद , उपवाद ,समुह, व्यक्तिगरि फरक अर्थ फरक विचार शैली फरक फरक ब्यवहार मा परीवर्तन गरिएको देखिन्छ । हिन्दुवाद भित्रको महत्वपुर्ण वाद भनेको बाहुनवाद हो ।

वर्तमान परिपे्रक्षमा अनी नेपालको सन्र्दभमा पनि वा्रहमण जातीलाई लक्षित गरि बाहुनबादिहरु भन्ने बाहुनजातीलाई नै खिल्ली उडाउने प्रयन्न गरिन्छ ।जुन सरासर नवुझेर गलत सिकाई का कारण भ्रममा बोएिका शब्द वा लन्छना हुन । ति कुराहरुले आफैलाई कम्जोर बनाउने र आफ्नै गलत ब्याख्या हो । किनकी नेपालको जनगणना २०६८ लाई फर्कर हेर्न हो भने पनि हिन्दुवाद ऊँकार परिवार भित्र ९१ प्रतिशत ब्यक्तिहरु अटेको देखिन्छ ।जुन हिन्दुवाद को परिवर्तित साकार रुप भनेको बाहुन वाद हो भन्ने कुराको पुष्टि गर्न आधारहरु हाम्रा पुर्विय दर्शनमा भेटिन्छन ।

शुरुमा पृथ्वीको उत्पक्ति पछि मात्र व्रहमाजी को उत्पत्ति भएको धार्मिक ग्रन्थ पाईन्छ ।त्यसैको आधारमा वैदिक सनातन धर्म वा हिन्दुवाद उत्पत्ति भएको वताईएको छ । मानिस को शारिरिक स्वरुप वाट ४ जातीको कर्म संस्कार धर्म उत्पक्ति भएको पाइन्छ। भनिएको छ वेदमा व्राहमणेस्यः मुख मासिद बाहुराजन्यः कृत अम उरुत दस्य यद बैस्य अम पद्भ्या गुं शुद्रो अजायत ।

चन्द्रमा मनोस जात चक्षोः सुर्यौ अजायत । श्रोत्राद् वायुश्रच प्राणच्च मुखादग्नि अजायतः अर्थ अम व्रहमाजीको मुख लाई व्राहमण भनियो यो द्धारा पढ्ने पढाउनेगुरु वन्ने ,वनाउने ,धर्म संस्कृति जोगाउने बाहु हातलाई क्षेत्री भनियो ,। दुई जंधालाई वैेश्यको रुपमा दिईयो भने पाद पैताला लाई शुद्र को रुपमा कल्पना गरियो । उनै विराट महांपुरुस व्रहमाजी को मनवाट चन्द्रमा आखाँवाट सुर्य कर्ण कान वाट वायु र प्राण,अनि मुखवाट अग्नि को उत्पक्ति भयो यसको साथ साथै हिन्दु वाद को प्रार्दुभाव भयको वेदले वताएको छ । वाहुनवाद को अर्थ शाव्दिक पहिला वुझनुपर्न कुरा अनिवार्य छ ।

संसारमासृष्टि गर्न क्रममा अर्थात प्राकूतिक शक्ति भनेकाले बा, अथवा व्राहमण हुने भन्ने दुई मत छैन् । त्यसमा बा। भन्ने शव्द दयालु अनि कृपालु र सत्यवादि छन । जसले समाजमा सकरात्मक परिवर्तन गर्न सक्दछ । समाजमा समय सापेक्ष ब्यवहार गरि सबै क्षेत्रको सबै प्राणीको रक्षा गर्ने अधिकार जिम्मा लिने व्यत्ति हरुले निर्माण गरेको बाद नै वास्तवीक बाहुनबाद हो भन्ने हामी बुझदछौ । बिशेष गरि बाहुनबाद भनेको तिमी असल बन समाजको कल्याण गर शिक्षाको ज्योती चम्काउ तिम्रो मन आत्मा सूर्यको जस्तो तेजिलो बनाउ ज्ञानी र उदार०ाीय वन आफू बाच र अरुलनई पनि बचाउ भन्ने सिदान्त नै बाहुन बाद हो ।

यस कारण संसारमा सबैभन्दा लोक प्रिय बाद र बर्तमानमा कल्याण कारक वाद नै बाहुनबाद हो । हामीले नवुझदा मात्र कठिन भएको हो । किनकी संसारको महत्वपुर्ण एउटा सृष्टिको धेरै पछि विकासित भएका थरहरुजातहरुमा लगेर गाली र दोषारोपण गर्ने काम गरियो । जुन कार्य सरासर गलत छ । बुझाई नहुदा आएको समस्याको एउटा महत्वपूर्ण पाटो यसलाई पनि मानिन्छ ।

हिन्दु बिधिशास्त्रले संसार बदल्ने निती तयार गरेको पाईन्छ । त्यो निती भित्र रहेर समाज बदल्नु नै बाहुन बाद जन्मिएको हो । यहाका केही समाजले नेपालको सन्दर्भमा बाहुनबादलाई जातीयरुपमा बुझेको छ । त्यो सरासर गलत हो । हामी सिद्ददान्तमा आधारीत विश्वास गर्नु पर्छ । यसका उदाहरणहरु विश्वमा धेरै छन । संसार बदल्नेहरुले विशेष गरी हिन्दुत्वको बाहुनबाद प्रयोग गरेको भेटिन्छ । उदाहरणको लागि योग गुरु रामदेव साही वावा ,ओसो, रजनिश भारत का महापुरुष ,महात्मागान्धि , अग्रणि शान्तिदुत गौतमवु्द्ध ,वर्तमान भारतीय प्रधान मन्त्री नरेन्द्रमोदी अमेकीकन राष्ट्पति वाराका ओवामा पनि वाहुन वादका प्रमुख विचारक हुन । सोही सीदान्तका आधारमा राजनैतीक यर्थाथलाई वुझि राजनैतिक रुपमा समाज परिवर्तनमा लागेका हुन् ।

यस कारण पनि जहाँ हिन्दुत्व छ त्यहाँ वाहुनवाद मौलाएको छ ।यसैगरि अन्यत्र पनि प्रयोग भएका  उदाहरणहरु प्रशस्त भेटिन्छन् । अव सन्र्दभ नेपालको हेरौ । यतीवेला नेपालमा वाहुनवाद सवैभन्दा वढि हेलत्व भएको छ ।

जसका कारण आज नेपाल तहस नहस को दोधारमा पुग्नुको मुख्य परिणाम बाहुनवाद वाटै नयाँवाद लागु गर्न खोज्दा को अवस्था हो । यसै विच विदेशी धेरै मुलुक जस्तो अमेरीका जापान ,चिन लगायत का ठुला मुलुक हरुले जतीवेला बाहुनवाद लागु गरे त्यो दिन देखि विकाशलाई चरम उत्सर्गमा पुयाउन सफल भए भन्ने प्रमाणहरु प्रसस्त भेटीन्छन्र । अहिले अमेरीकाले हिन्दुत्वको बाहुनवादकै भनेर वूहत अनुसन्धान गर्न रिर्सच सेन्टर खोलेर सरकारी तवरवाट नै संरक्षण प्रवाहा भैरहेको छ ।

यस्तै गरी जापान अष्टे्लिया ,वेलायत ,लगायतका विकसीत मुलुकमा भएको विकास पनि तिव्र रुपमा अगाडि भएको पाइएको छ । आज हामी नेपाली हिन्दुत्वको वाहुनवाद को पुर्ण आश्रय भएको मुलुक हुदाँहुदै हाम्रो संकृती अर्को देश वाट  सापटी ल्याउनु पर्नेअवस्था सिर्जना भएको छ ।

आज पश्चिमा देशहरुले पनि वैज्ञानिक अनुसन्धानका लागी हिन्दुधर्म अन्तरगतका वेद,पुराणहरुको अध्ययन गर्न थालेका छन् । परिष्कृत वाहुनवादलाई हिन्दु धर्ममा ल्याउनु पर्ने भएको । हिन्दु धर्म भित्रका केहि संस्कारहरु वाहुन वादले सुधार गर्नुपर्ने भएको छ । वाहुनहरुले त्यसको व्याख्या गर्ने भएकाले पनि आजकलको समय र परिस्थिति हेरेर सुधारीएको वाहुनवाद लाई अंगाल्नु पर्ने भएको छ ।

अन्तमा सवै सातजाती धर्म वर्ण लिङ्ग हिन्दु धर्म र वाहुनवादमा अटाउन सक्दछन् भन्ने मेरो निश्कर्ष हो । यस्लाई संरक्षण गर्दै लानु पर्दछ यदि संरक्षण गरिएन भने हाम्रो पुरानो संकृति पनि हराउने छ ।

सवैको जय होस ।।

ओमप्रसाद उपाध्याय

लेखक ः राेटरी क्लव अफ पर्वतका सल्लाहकार कुश्मा,पर्वत

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here