११ साउन, पर्वत /नेकपा(एमाले) पर्वतले जिल्ला समन्वय समितिका उमेदवार टुंगो लगाएको छ । एमाले पर्वतको बुधबार दिउँसो बसेको जिल्ला सचिबालय बैठकले सर्वसम्मत रुपमा समन्वय समितिका उमेदवारको टुंगो लगाएको हो ।
एमालेले जिल्ला समन्वय समितिको संयेजकमा प्रदेश कमिटीका सदस्य तथा दलित नेता मनोहर बिश्वकर्मा पौडेललाई उमेदवार बनाउने भएको छ । सह-संयेजकमा जिल्ला सदस्य यामकुमारी राना(हुवास) लाई उमेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी(कुस्मा) बिष्णुराम बिक(होस्राङ्गदी), कबिता बिक(ठानामौला) नन्दलाल सुबेदी(तिलहार), ओमप्रसाद रेग्मी(लेकफाँट), बिष्णुमाया पौडेल(रानीपानी) र शर्मिला नेपाली(हुवास)लाई उमेदवार बनाउने निर्णय गरेको छ । जिल्लाले सर्बसम्मत रुपमा उमेदवारको टुंगो लगाएको छ’ जिल्ला अध्यक्ष पदम गिरीले भने अब प्रदेश र केन्द्रले यही नाम टुंगो लगाउँछ
जिल्ला समन्वय समिति पर्वतको संयेजकमा एमाले क्षेत्रिय समितिका अध्यक्ष शान्त पौडेलको नाम व्यापक चर्चामा थियो । उनि जिल्ला समन्वय समितिके संयेजकमा उम्मेदवारी दिनेकै लागी कुश्मा नगरपलिका वडा नं. १० पिपलटारी वाट लेकपृ-य मत ल्याएर सदस्यमा विजयी भएका थिए । उता मनेहर वि पैडेल भने कुश्मा नगर कार्यपलिकाके सदस्य पदमा निर्वाचित भएका थीए ।

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका प्रमुख र उप-प्रमुखले मात्र मत हाल्न पाउने ब्यबस्था छ । स्थानिय तहमा एमालेको स्पष्ट बहुमत छ । एमालेका आठ मत छन भने नेपाली कांग्रेसका छ मत छन । नेपाली कांग्रेसले उमेदवार टुंगो लगाएको छैन । पर्वतमा जिल्ला समन्वय समितिको उमेदवारी बिहीबार दर्ता हुँदैछ भने साउन १७ मा मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here