निर्वाचन कार्यालय पर्वतका कर्मचारीहरुलाई फोटो सहितको मतदाता नामावली संकलन गर्न भ्याई नभ्याई भएको छ ।

निर्वाचन कार्यालयमा अहिले फोटो सहितको नामावली दर्ता गर्न दैनिक रुपमा भिड बढ्दै गएको छ । कर्मचारीहरुले विहान देखि साँझ सम्म मतदाता नामावलीमा नाम दर्ता गरिरहेका छन् । ६ जना कर्मचारीहरुले जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्न खटिएका छन् ।

आज सम्म जिल्ला निर्वाचन कार्यालयमा ८ सय १७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । ति मध्ये पुरुष ४ सय ६४ र महिला ३ सय ५३ जना रहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । शर्माले साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा पनि मतदाता नामावली संकलनका टोली जाने जानकारी दिनुभयो । यसअघि पर्वतमा ९९ हजार २ सय ४३ जनाको फोटो सहितको नामावली संकलन भैसकेको छ ।

यस्तै यसअघि प्रकाशित नामावलीमा कुनै त्रुटि भएमा सच्चाउन पनि सक्ने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयमा नाम सच्चाउनेहरु पनि आईरहेको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here