नेपाली काँग्रेसवाट विजय जनप्रतिनिधीहरुलाई दुर्लुङमा सम्मान गरिएको छ । दुर्लुङमा एक कार्यक्रमको आयोजना गरि स्थानिय तहको निर्वाचनमा विजय प्रमूख रामचन्द्र जोशी, उपप्रमूख सिता काफ्ले लामिछाने लगायत सम्पूर्ण अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका निर्वतमान पार्टी सभापति लालकाजी गुरुङले नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गदै नगरको विकास र समृद्धिका लागि काम गर्न सुझाव दिनुभयो । उहाँले पार्टीमा भएका कमी कमजोरीलाई आत्मसाथ गदै प्रदेश र संघको चुनावमा सक्रिय भएर लाग्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी नगरको विकास र समृद्धिका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो । नगरको विकासमा एमाले बहुमतको दम्भ देखाएर बजेट पारित गर्न नदिएर नगरको विकासमा भाँजो हाल्न खोजेको बताउनु भयो । एमाले वाट निर्वाचित भए पनि उहांहरु अव जनताको प्रतिनिधि हो त्यस कारण विकासको काममा राजनिति नगर्न एमाले वाट निर्वाचित वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो । नगर कार्यपालिकाको वैठकमा आउनु पुर्व पार्टीको निर्देशन लिएर मात्र आउने गरेको मैले आभास गरेको छु स्वविवेकले कुनैपनि विचार व्यक्त नगरेको कारणले पनि एमालेले वहुमतको दम्भ देखाएको होकि भन्ने आभास भएको छ । म अव जनताको प्रतिनिधि हो, हो हिजो आआप–ना पार्टीका तर्फवाट टिकट लिएर उम्मेदवार भयौ र विजय पनि हासील गरेउ, दलिय पद्धतिमा कसैले भोटहाले होला कसैले नहाले होला तर अव हामी सवै जनताको प्रतिनिधि भएको कारण विकासको कुरा अवरोध नगरी सवै मिलेर जानु पर्ने आवश्यकता रहेको छ,भन्नु भयो । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले वनाएको नमुना कार्यविधिमा प्रत्यक्ष निर्वाचित कार्यकारी नगर प्रमुख लाई केहि अधिकार व्यवस्था गरेको छ तर ती सवै अधिकारलाई वहुमतको आडमा नगरकार्य पालिकामा सार्नु पर्दछ भन्ने कुरा न्याय संगत छैन् । अल्फमत भएका स्थानिय निकायमा समेत उक्त नमुना कार्यविधि पारित भएको उदाहरण दिदै कुश्मा नगरपालिामा मात्र किन यसो गरिएको हो मैले कुरा वुभ–न सकिरहेको छैन । र पनि म संवाद र सहकार्यमा निरन्तर लागिरहेकाे छु, अवश्य निकास अाउने छ र हामी सवै नगरकाे समृदीमा लाग्ने छाैं।

 कुश्मा नगरपालिका उपमेयर सिता काफ्ले लामिछानेले जनताको मतलाई कदर गर्ने बताउनु भयो । उहाँले गरिव, दलित र उत्पेक्षित बर्गलाई समेटेर काम गर्ने बताउनु भयो । कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष चित्रकला भारती, वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार क्षेत्री नेपाल दलित संघ पर्वतका उपाध्यक्ष धनीलाल बि.क, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कुलप्रसाद शर्मा, शिक्षक रेश्मीराज शर्मा, शिक्षक शंकर गुरुङ, कुश्मा नगरपालिका–३ का प्रत्यासी उम्मेवार कृष्णप्रसाद शर्मा उपाध्याय, समाजसेवी जसवहादुर गुरुङ लगायतले बोल्नुभयो । नेपाली काँग्रेस कुश्मा नगरपालिका–३ दुर्लुङका सभापती बालकृष्ण शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस दुर्लुङका उपाध्याक्ष खडानन्द शर्मा र कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस दुर्लुङका सचिव होमवहादुर थापा मगरले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here