काठमाडौँ  । मंगलबारै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास विफल भएको छ । काँग्रेसबाट सरकारमा सहमागि हुने मन्त्रीहरुको टुंगो लाग्न नसकेपछि मन्त्रिपरिषद् विस्तारको प्रयास विफल भएको हो ।

काँग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट मन्त्रीहरुको टुंगो लागेपनि रामचन्द्र पौडल पक्षधरले कसलाई पठाउने भन्ने यकिन गर्न नसक्दा मंगलबारको प्रयास खेर गएको हो ।

प्रधानमन्त्री देउवाका एक सहयोगिले भने, ‘रामचन्द्र पौडेल पक्षलाई ४ मन्त्रालय दिनेमा कुरा मिल्यो । आकांक्षी धेरै भएपछि उहाँहरुले क–कसलाई पठाउने भन्ने टुंगो लगाएर प्रधानमन्त्रीलाई सूची दिनु भएको छैन । छलफलमै हुनुहुन्छ ।’ स्रोतका अनुसार पौडेल समूहमा मन्त्री को जाने र को बस्ने  भन्ने विषयमा मारामार भएको छ ।

पौडेल पक्षधर नेताहरुले आकांक्षी मिलाउन नसकिएको भन्दै पाँच जना मन्त्री आफुलाई दिन भन्दै प्रधानमन्त्रीसँग फेरि बसेर छलफल गर्नु पर्ने बताएका छन् । पौडेलका एक सहयोगिले भने, ‘छलफल भइरहेको छ । प्रधानमन्त्रीसँग फेरि बसेर कुरा गर्ने भनिएको छ ।’

माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै बारम्बार ताकेता गरिरहेको छ । प्रधानमन्त्री देउवाले सोमबार मात्रै काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सकिनेवित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बचन दिएका थिए ।

माओवादीले आफुले पाउने मन्त्रालय र मन्त्रीको सूची पठाइसकेको छ । काँग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति भएको छ ।काँग्रेसबाट मन्त्री हुनेहरूकाे नामावली भीमसेनदास प्रधान,मीन विश्वकर्मा,अर्जुन जोशी,वीरबहादुर बलायर,अम्बिका बस्नेत,बलबहादुर केसी,रामकृष्ण यादव,राजन केसी,सरिता प्रसाई,मोहनबहादुर बस्नेत रहेका छन् ।

नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी १६ बर्ष नेपाली काँग्रेस पर्वतको पार्टी सभापति भइ तीन कार्यकाल पार्टीको केन्द्रीय सदस्य भएका हुन । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्वत–१ बाट बिजयी भएका जोशी २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत अत्याधिक मत ल्याएर बिजयी भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा धेरै जिल्लामा काँग्रेस एमालेका प्रभावशाली र शिर्ष नेताहरु पराजित हुदा समेत जोशीले पर्वत–१ मा राम्रो मतसहित बिजयी भएका थिए । नेतृत्वको चाकडी र चाप्लुसीमा विश्वास नगर्ने जोशीलाई तीन/तीन पटक जनताबाट अनुमोदन हुदा पनि काँग्रेस नेतृत्वले मन्त्री पद पत्याउन सकेको थिएन । अव भने जनपृ-य नेताका रूपमा छवि वनाएका अर्जुन प्रसाद जोशी मन्त्री वन्ने पक्का पक्की भएके छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बनाउने देउवाले प्रस्ताव गरेपनि पार्टीको केन्द्रीय सदस्यमा मनोनित मागेर मन्त्री पद त्यागेका जोशीलाई देउवाले यसपटक मन्त्री बनाउन लागेका हुन । जोशीलाई मन्त्री बनाउने देउवाले अन्तिम नामलिष्ट तयार गरेपछि पर्वतमा काँग्रेस कार्यकर्ताले खुशी भएका छन् ।
नेपाली काँग्रेसभित्र लगातार चुनाव जित्नेमध्ये नेता जोशी, पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पर्छन ।  शेरबहादुर देउवालाई पार्टी सभापतिमा बिजयी बनाउन महत्वपूर्ण भुमिका खेलेका जोशीलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here