काठमाडौं, साउन १० । काठमाडौंको टोखास्थित श्रीकृष्ण वरुणेश्वर महादेव झरना आकर्षक गन्तव्य बनेको छ ।

सो स्थानमा श्रावणी मेलासमेत आयोजना गरिएपछि झरनामा नुहाउने र महादेवको दर्शन गर्नेहरुको भीड लाग्ने गरेको हो ।

धार्मिक भजन–कीर्तनसँगै मनमोहक झरनाको छङछङ आवाज । श्री कृष्ण वरुणेश्वर महादेव झरना, टोखा नगरपालिका झोरको थप परिचय बनेको छ ।

श्रावणी मेलाको अवसरमा भक्तजनहरुको घुँइचोले झनै झरनाको महत्व बढाएको छ । धार्मिकरुपमामात्र नभएर प्राकृतिक छटाले भरिपूर्ण वरुणेश्वर झरना काठमाडौंनजिकै रहेकाले पनि सबैको आकर्षणको गन्तव्य बनेको हो ।

श्रावणी मेला भर्न जाने व्रतालुहरुले झरनाको स्पर्शसँगै महादेवको पूजापाठले मन निकै आनन्दित भएको महसुस गरेको बताए ।

श्री कृष्ण वरुणेश्वर महादेव झरनाको पौराणिक किंवदन्तीले पनि यसको महत्व बढेको स्थानीयको भनाइ छ ।

विशाल पत्थरको तल गुफा र दाहिने तर्फबाट महादेवको शीरबाट गंगाजस्तै गरेर झरना झरेको देख्न सकिन्छ ।

झरनालाई धार्मिक पर्यटनकारुपमा विकास गर्न गर्ने टोखा नगरपालिकाले विशेष प्राथमिकतामा राखेर कार्ययोजना र बजेट विनियोजन गरिएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डंगोलले बताइन् ।

प्रकृतिसँग नजिकबाट स्पर्श गर्ने जोसुकैलाई पनि झरनाले आकर्षित गर्दछ ।

भिडियो हेर्नुहोस्

(सुशनसर्जन रामदाम/कुमार थापाको रिपोर्ट इमेजखबरबाट लिइएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here