काठमाडौं। सिमा क्षेत्रमा चीन–भारतविचको तनावको मुद्दाले नेपालको व्यवस्थापिका संसदमा समेत प्रवेश पाएको छ ।

एमाले सांसद युवराज ज्ञवालीले व्यवस्थापिमा संसदमा सोमवार नेपालले दुई देशको सीमा विवादबारे संयमता अपनाउन अपील गर्नुपर्ने बताएका हुन । सांसद ज्ञवालीले त्यसका लागी सवै दलहरुले साझा धारणा बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका सांसद ज्ञवालीले दुई देशविच बढ्दै गएको तनावले स्थिती भयावह हुने सक्ने दावी समेत गरे । ज्ञवालीले भने- ‘छिमेकमा यती ठुलो समस्या छ, हामी यहा मुकदर्शक भएर बस्न सक्दैनौ, त्यसैले यो बारेमा हामीले साझा धारणा तय गर्न जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here