९ साउन, हुन त वर्ष दिनको तीजमा माइत जाने रहर कुन चेलीलाई हुदैन होला र ? तर, कहिलेकाँही परिस्थितीयस्तो बनिदिन्छ कि चार्डपर्वले दैलो टेक्दा कामको चटारो सुरु हुन्छ ।
यस्तै परिस्थिती आईपर्यो यसपालीको तीजमा गायिका मुना थापा मगरलाई ।
तीजमा माइत जाने रहर मनभरी संगालेकी मुनालाई यत्तिबेला बेशीको मेलाको चटारोले भ्याईंनभ्याईं छ । तर, मुनाले आफ्नो वास्तविक जीवनमा नभई तीजको बेला कामको मेलामा रहेकी एउटी चेलीलाई माइती देश पुग्ने हतारो कस्तो हुन्छ भन्ने यथार्थपरक विषयलाई गीत मार्फत प्रस्तुत गरेकी हुन् ।
गीत सार्वजनिक गर्दै मुना भन्छिन्गी ‘तमा एउटी चेलीको वेदनालाई विशुद्ध मौलिक तरिकाले प्रस्तुत गरिएको छ । यो गीत सेक्सी पनि छैन, अचम्मपनि छैन, बजारमा आउन साथ चर्चित पनि छैन ।’
पछिल्लो समय युट्युवमा भिवर्स बढाउनकै लागि चर्चित, हट, सेक्सी जस्ता ट्याग झुण्डाएर गीतको व्यापार गर्नेहरुप्रति व्यङ्ग्य गर्दै मुनाले आफ्नो गीत न त सेक्सी न त हट रहेको बताएकी छिन् । आफ्ना गीतहरुलाई दर्शकले सुनेर मात्र चर्चित बनाइदिनेमा उनी निकै आशावादी छिन् ।