पर्वत कुश्मा,

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतले केन्द्रिय कार्य समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा स्थनिय तह निर्वाचन २०७४ को

समिक्षा र भावी रणनितिवारे छलफल गर्ने भएको छ । पर्वत जिल्लामा कांग्रसको राम्रो संगठन हुदाहुदै पार्टीले व्यहोर्नुपरेको हारको वारेमा

केन्द्रिय सदस्य डिला संग्रौलाको उपस्थितिमा एक दिने कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका पार्टी सचिव

विश्व प्रकास प्रसाईका अनुसार  साउन ९ गते ११.३० वजे कुश्मा वजार पर्वतमा नेपाली कांग्रेस जिल्ला कार्य समिति,क्षेत्रिय समितिहरु,महासमिति सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,भातृ तथा शुभेक्षुक संघ संस्थाका पदाधिकारीहरु,स्थानिय तह निर्वाचनमा विजयी तथा पराजित उम्मेदवारहरु लगायत कृयाशिल सकृय अगुवा कार्यकर्ताहरुको सहभागिता रहने कुराको जानकारी गराउनु भयाे ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले यस भन्दा अगाडी पनि स्थानिय तह निर्वाचनको समिक्षा गर्ने कार्य संपन्न गरिसेको छ ।