काठमाडौँ । नेतृत्वको असक्षमताका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रोमा खुम्चिन पुगेको निश्कर्ष नेपाली कांग्रेसको केन्द्रीय समितिले निकालेको छ ।

बैठकमा मन्तव्य दिने अधिकांश नेताले अन्तर्घातभन्दा पनि उम्मेद्वार चयनमा राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने प्रवृति अन्त्य हुन नसकेको भन्दै चिन्ता जनाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि बसेको बैठक केही समयका स्थगित भइ पुन सुचारु भएको छ ।आजको बैठकमा धारणा राख्ने नेताहरु रमेश लेखक, दिलेन्द्र बडु, पुष्पा भुसाल, इश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, वीरबहादुर बलायर, मोहन बस्नेत लगायतले २ चरणमा भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै तेस्रो चरणका लागि विशेष रणनीति बनाउन आग्रह गर्नुभएको छ ।

बैठक आजै सम्पन्न गर्ने गरी छलफल चलाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here