सुवास लामिछाने , पर्वत ।जिल्लामा क्रियाशिल ५ वटा लायन्स क्लब र एक लियो क्लब अफ पर्बतको पदस्थापन कार्यक्रम आईतबार एकैसाथ सम्पन्न भएको छ । क्रियाशिल लायन्स क्लब अफ शिबालय, लायन्स क्लव अफ कुश्मा सिटी, लायन्स क्लब अफ मोदिकाली, लायन्स क्लब अफ पर्बत बृज सिटी, लायन्स क्लब अफ चौतारी र लियो क्लव अफ कुश्मा सिटीको पदस्थापन सम्पन्न भएको हो ।

कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोसीले पदस्थापनको उद्घाटन गर्दै अहिले सम्मको दिनमा पर्बतमा लायन क्लबहरुले धेरै सामाजीक काममा अग्रसरता हासिल गरेको भन्दै आगामि दिनहरुमा पनि यस्तै उदारणिय कार्य गर्न क्लबलाई आग्रह गर्नुभएको थियो । उहाले सामाजिक क्षेत्रमा लाग्ने विश्वको सबैभन्दा ठूलो संस्था लायन रहेको भन्दै अझै मन फुकाएर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ बि वान नेपालका डिस्टिक गभर्नर धनराज आचार्यले पर्बतमा रहेका ५ वटै लायन्स क्लबको पदस्थापन गराउँदै सामाजिक क्षेत्रमा काम गर्ने अभियानमा लायन्स सधै अगाडि रहेको भन्दै उहाले समस्या र बिपत्ति परेका ठाउँमा तत्काल लायन्स पुग्ने गरेको बताउनुभयो । समस्या र बिपत्ती परेको ठाउँमा लायन्स पुग्ने गरेको कारण पनि अहिले शहर देखि गाउँ सम्म सामाजीक काममा लायन्सको खाचो रहेको उहाको भनाई थियो ।

सो अबसरमा लायन्सको नबनिर्बाचित अध्यक्षहरुमा लायन्स क्लब अफ शिबालयको अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, लायन्स क्लव अफ कुश्मा सिटीको अध्यक्षमा रिता केसि, लायन्स क्लब अफ मोदिकालीको अध्यक्षमा राजन जोसि, लायन्स क्लब अफ पर्बत बृज सिटीको अध्यक्षमा रामकृष्ण मल्ल, लायन्स क्लब अफ चौतारीको अध्यक्षतामा पुरुषोत्तम आचार्य रहनुभएको छ । सोहि अबसरमा लियो क्लब अफ कुष्मा सिटीको पनि पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो ।

जोन चिर्यस पर्सन शिब सुबेदीको संचालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ बि वान नेपालका डिस्टिक गभर्नर लायन बालकृष्ण बुर्लाकोटि, चिफ एडभाईजर ईन्दु लम्साल, ६ वटै लायन्स क्लबका अध्यक्षहरु, पर्बत जेसिसका अध्यक्ष अशोक गुरुङ, डिस्टिक एड्भाईजर बसन्त कर्माचार्य लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । पदस्थापना कार्यक्रमको सभापति लायन्स क्लव शिबालयका अध्यक्ष बिषम कुमार श्रेष्ठ रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here