एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन् ।

चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पले यस्तो बताएका हुनु ।
अमेरिकी अधिकारीहरुले ट्रम्प समूह र रुसबीचको सम्भावित साँठगाँठबारे अनुसन्धान गरिरहेका छन् ।

रुसले चुनावमा हस्तक्षेप गरेको भन्ने आरोपहरु अस्वीकार गर्ने गरेको छ र राष्ट्रपति ट्रम्पले पनि कुनै साँठगाँठ नरहेको प्रष्टीकरण दिदैँ आएका छन् ।

यद्यपी अमेरिकामा अपराध प्रमाणित हुनुअघि वा कुनै फौजदारी अभियोग लगाइनुअघि राष्ट्रपतिले माफी दिनसक्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here