काठमाडौ ।मध्यपूर्वमा पश्चिमी किनाराको रमाल्लाह नजिक भएको संघर्षमा तीनजना इजरायली नागरिकको मृत्यु भएको छ ।

हलामिसमा भएको आक्रमणमा अर्को एकजना इजरायली नागरिक घाइते भएका छन् । इजरायली प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ ।
जेरुसेलममा मुसलमानले ‘हरम अल शरीफ’ र यहुदीले ‘टेम्पल माउण्ट’ भन्ने गरेको पवित्रस्थलमा प्यालेस्टाइनी र इजरायली सेनाबीचको तनाव सामान्य हुँदै जाँदा यो घटना भएको हो ।

यसअघि पूर्वी जेरुसेलम र पश्चिमी किनारामा इजरायली प्रहरीसँगको भिडन्तमा तीनजना प्योलेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाईते भएका छन् ।

प्रतियोगिता तयारीका अधिकारसम्पन्न कार्यदलसमेत गठन गरियो। सुरुका केही महिला खेलाडी र खेलप्रेमीको सक्रियता बढे पनि त्यो लामो समयसम्म कायम रहन सकेन। आठौं राष्ट्रिय खेलकुदको तयारीसँग जोडेर पूर्वाधार निर्माणलगायतका गतिविधि नभएको महिनौं भइसकेको छ। सरकारले प्रादेशिक संरचनामा जाँदासमेत नेपालगन्ज र दाङमा प्रतियोगिता संचालन गर्ने हालै निर्णय गरेको छ।

समितिका पदाधिकारी र कर्मचारी निर्वाचनमा खटिनु, पर्याप्त रकम विनियोजन नहुनु, डीपीआरको काम नसकिनु, ठेक्का प्रक्रिया सुस्त हुनु लगायतका कारणले आठौं राष्ट्रिय खेलकुदको तयारी ओझेलमा परेको हो। समितिको मुख्यद्वार नजिकै ‘मिसन आठौं राष्ट्रिय खेलकुद २०७५’ लेखिएको बोर्ड झुन्डयाएको छ। तर नेपालगन्ज रंगशालाभित्र कर्मचारीबाहेक अन्यको उपस्थिति हुनै छाडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here