काठमाडौ । राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने वा हटाउनेसम्बन्धी विवाद पुनस् सुरु भएको छ । केही दिनअघि राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी सेवा विनियमावली संशोधन गरी ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष मात्र बनाउने प्रस्ताव गरिएको भन्दै एकथरी कर्मचारी यसको विरोधमा उत्रिएका छन् । यसको समर्थन गर्ने कर्मचारीको पनि केन्द्रीय बैंकमा कमी छैन ।

राष्ट्र बैंकले सञ्चालक रामजी रेग्मीको संयोजकत्वमा ‘कर्मचारी सेवा विनियमावली परिमार्जन एवं संशोधन सुझाव समिति’ गठन गरेको थियो । दुवै जना डेपुटी गभर्नर, लोक सेवा आयोगका एक सहसचिव, राष्ट्र बैंक कानुन महाशाखा निर्देशक र राष्ट्र बैंक जनशक्ति विभागका कार्यकारी निर्देशक सदस्य रहेको उक्त समितिले बुधबार सञ्चालक समितिमा प्रतिवेदन पेस गरेको छ ।

प्रस्तावित प्रतिवेदनमाथि बिहीबारदेखि बोर्डमा छलफल सुरु भएको छ ।कान्तिपुर दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here