काठमाडौ । धुलो र बर्षातमा हिलो सडकको दुरावस्थाले पैदल यात्रुको मात्रै होइन सवारीचालकको पनि विजोग छ।

सवारी चलाउन कठीन त छ नै, यसको अवस्था राम्रो राख्न पनि ठूलो चुनौति छ, धुलो र हिलोले।

बिहान निकालेको सवारी बेलुका घरमा ल्याउँदा धुलाम्यरहिलाम्य हुन्छ। दिनमा एकपटक सवारी धुनपर्ने राजधानीवासीको बाध्यता बनेको छ।

धुलोमात्रै छ भने पुछपाछ पारेर काम चलाउन सकिएला तर हिलो लागेको भए चाँहि सास्ती नै हुन्छ। हिलो सवारी साधनमा रहिरहेमा यसमा खिया लाग्न थाल्छ। पाटपूर्जामा बाक्लो हिलो जमेको भए जाम हुने सम्भावना पनि बढेर जान्छ। यसले सवारीसाधनको आयू नै कम गराउँछ। त्यसैले हिलोबाट जोगाउन सवारीसाधन धुन अत्यन्त जरुरी छ।

साधारणतया वास सेन्टरमा मोटरसाइकल धुँदा कम्तीमा पनि एक सय रुपैंया तिर्नुपर्छ। सातामा एकपटक मात्र धुँदा पनि मोटरसाइकल धोएको मात्रै बार्षिक करिव ६ हजार रुपैंया खर्च हुन्छ।

त्यसैगरी सामान्यतया कार हाफ वासको ४ सय र फुलवासको ६ सय रुपैयाँ तिर्नुपर्छ। साताको एकपटक मात्र धुने हो भने पनि यसमा वार्षिक ३१ हजार रुपैयाँ खर्च हुने देखिन्छ।

यो अनावश्यक खर्च त होइन तर यसलाई केही हदसम्म कम गर्न सकिन्छ। यो खर्च कम गर्न बजारमा अहिले आएको ‘गन स्प्रे’ निकै उपयोगी हुन्छ।

यो गन स्प्रेको सहायताले मोटरसाइकल तथा गाडी सजिलै धुन सकिन्छ। गन स्प्रेलाई पानीको पाइपमा जोडेर प्रयोग गर्न सकिने एज सिन अन युट्युव प्रोडक्टकी सुप्रिया थापाले जानकारी दिइन्। यसले बिशेषतः पानीको सन्तुलन र मात्रा मिलाउने काम गर्छ।

यसले ८ फरक तरिकाबाट स्प्रे गर्छ। गाडी तथा मोटरसाइकलको कुना काप्चामा रहेको हिलो, धुलो निकाल्न निकै सजिले हुने व्यवसायीहरुको भनाइ छ।

स्प्रे गन विशेषतः दुई प्रकारको हुन्छ। एउटा प्लास्टिक र अर्को धातुको। प्लास्टिक स्प्रे गनको ३ सय र धातुको ५ सय रुपैयाँ पर्दछ। तर बिक्रेताअनुसार यसको मूल्य केही फरक हुन सक्छ। राम्रोसँग सवारीसाधन धुन वास सेन्टर नै जानुपर्ने भएपनि घरमै पानीको सुविधा भएकालाई भने यो निकै उपयोगी हुन सक्छ।

सवारी साधन धुने मात्र नभई यसको प्रयोग बँगैचामा पानी हाल्न पनि गर्न सकिन्छ। मोटरको पाइपले मात्र पानीहाल्दा सबैतिर पानी नपुग्ने र कुनै ठाँउमा पानी धेरै हुने समस्या हुन्छ। यसको प्रयोगले पानीको सन्तुलन मिलाएर सबैतिर बराबर हाल्न सकिन्छ।

यो स्प्रे गन नेपालमा धेरैजसो अनलाइन सपिङ साइटले बिक्री बितरण गरिरहेका छन्। त्यस्तै केही हार्डवेयर पसलले पनि राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here