काठमाडौ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताको क्रममा रहेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यहरुले संयोजक बाबुराम भट्टराईसमक्ष तीनबुँदे सर्त अघि सारेका छन्।
नयाँ शक्तिको आर्थिक विभाग प्रमुख सुनिल खड्कासहित केन्द्रीय कार्यकारी समितिका ५० जना सदस्यले ‘यथास्थितिमा संघीय समाजवादी फोरमसँग एकता भए आफूहरु नमान्ने’ बताएका छन्।
पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष नमान्ने, एकीकृत पार्टीको नामबाट फोरम शब्द हटाउनुपर्ने र जबर्जस्ती एकता घोषणा गरे आफूहरु नयाँ पार्टीमा नगई नयाँ शक्तिमै बसेर काम गर्ने उनीहरुको सर्त छ।
एकीकरणको संघारमा रहेको नयाँ शक्ति नेपालका झन्डै ५० जना केन्द्रीय सदस्यले यस्तो सर्त राखेपछि भट्टराईले सोमबार