काठमाडौ । तपाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटन परराष्ट्र मन्त्रालयमा जाँदै हुनुहुन्छ भने एक जना साहसी कनिष्ट प्रहरी अधिकृत असई दुर्गा रानासँग तपाईको जम्काभेट हुन्छ । तपाईलाई उपप्रधान तथा परराष्ट्र मन्त्रीसँग भेटाउने वा नभेटाउने रानाकै तजविजी हुनेछ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराको च्याम्बरमा प्रवेश गर्ने ढोकामा तिनै दुर्गा राना भेटिनुहुन्छ । रानालाई उपप्रधान तथा परराष्ट्रमन्त्री महराको सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको छ ।

दाङमा पडकनै लागेको बम समातेर फाल्ने रानालाई गृहमन्त्री जनाद्र्धन शर्माको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here