काराकास। भेनेजुयलामा भइरहेको सरकार विरोधि आन्दोलनका क्रममा गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।

राष्ट्रपति निकोलस माडुरोको भूिमका देशका लागि ठीक नभएकाले उहाँले राजिनामा दिनु पर्ने माग गर्दै भेनेजुयलामा देशव्यापी प्रदर्शन सहितको आन्दोलन भइरहेको छ ।

पछिल्लो समय गत बिहीबार मात्रै १५ बर्षीय एक युवक पश्चिमी राज्य जुलिअमा मारिएका थिए । उनको मृत्युको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

विपक्षी दलको आह्वानमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

इन्धनको मूल्यमा भारी गिरावट आएपछि चरम आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा अत्यावश्यकीय सामाग्रीको समेत अभाव हुन थालेको छ ।

सरकारले अर्थतन्त्र तथा प्रजातान्त्रिक संगठनको कुशल व्यवस्थापन गर्न नसक्दा मुलुकले चरम संकट खेप्नुपरेको विपक्षीको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here