काठमाडौं – गतवर्ष सबैभन्दा बढी कमाउने फिल्म ‘छक्कापन्जा’ को दोस्रो भाग ‘छक्कापन्जा २’ को ‘ए दाजु नसमाऊ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको गीतका शब्द प्रिन्स र दीपकराज गिरीले लेखेका हुन्। संगीत भने अल्मोडा राना उप्रेतीको रहेको छ। गीतको भिडियोमा जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकालको अभिनय रहेको छ।
कोरियोग्राफी भने कविराज गहतराजले गरेका हुन्। दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पन्जा २’ फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाललगायत कलाकारको अभिनय रहेको छ।