एजेन्सी ।केही समयअघि मात्रै बलिउड अभिनेत्री सनी लियोनीले आमा बन्ने इच्छा जाहेर गरेकी थिइन् । उनले छिट्टै नै आफ्नो परिवार २ बाट ३ हुने बताएका थिइन् । अहिले उनी आमा बनेकी छिन् ।

सनी लियोनी र उनका पति डेनियल वेबरले २१ महिनाकी एक बालिकालाई धर्मपुत्री बनाएका छन् । यी बालिका महाराष्ट्रस्थित लातूरकी हुन् । बलिउडको यो दम्पतीले यी बालिकाको नाम निशा कौर वेबर राखेको छ ।

लातूरबाट मुम्बई आउने क्रममा ८ घण्टाको ड्राइभिङका दौरान सनीले निशालाई आफुसँगै राखेो बताएकी छिन् । उनका श्रीमान् डेनियलले कार कुदाउँदै थिए । ‘मेरो र डेनियलका लागि यो सबै नयाँ हो । हामी निकै खुसी छौं ।

अब हामी २ बाट ३ भएका छौं,’ सनीले भनेकी छिन् । अहिले सामाजिक सञ्जालमा सनीले आफ्नी छोरी र श्रीमानसँग बसेर खिचाएको फोटो निकै भाइरल बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here