काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केही समय अघिबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।

राजधानीको सानेपामा जारी बैठकमा स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन परिणामको समीक्षा र असोज २ गते हुने तेस्रो निर्वाचनको तयारीबारे छलफल भइरहेको काँग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको छ । पार्टी भित्रको अन्तर्घातले चुनावमा सोचेजस्तो नतिजा आउन नसकेको स्वीकारेको कांग्रेसले तेस्रो चरण र प्रदेश तथा संघीय संसदको निर्वाचनको रणनीति तयार गर्नेछ ।
पहिलो र दोस्रो चरणको निर्वाचनपछि पनि पहिलो पटक बस्न लागेकाले दुवै चरणका निर्वाचनको समिक्षा पनि बैठकमा हुने बताइएको छ ।

उम्मेदबार छनौट राम्रोसँग हुन नसकेको, गठबन्दी तल्लो तहसम्म पुगेको, अन्तर्घात भएको लगायतका कारणले काँग्रेस दोस्रो हुनु परेको विषय पनि बैठकको मुख्य एजेण्डा हुने नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here