काठमाडौं । निर्धारित समय भन्दा केहीदिन लम्बिदै चलिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएर सकिने भएको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अधिकांश ठाँउमा पराजय भोगेकाले एक अर्काको आलोचनामा केन्द्रीत भएको बैठकमा नेतृत्वका बारेमा उठेका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिनु हुने भएको हो । साथै नयाँ कार्ययोजना पनि पारित गर्दै बैठक सकिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

यसअघि हिजोको बैठकमा बैठकमा नेता नाराणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार विघटन गर्ने बेला आफूले विमति जनाए पनि त्यसबेला आफू गलत रहेको सावित भएको धारणा बैठकमा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here