२०७४ श्रावण ७,
कुश्मा, पर्वत ।

“स्वार्थ भन्दा माथि सेवा” भन्ने मुल आर्दश वोकेको संसारकै जेठो अन्तर्राष्ट्रिय सेवामुलक संस्था रोटरी इन्टरनेशनल, डिष्ट्रिक-३२९२ अन्र्तगत स्थापित रोटरी क्लव अफ पर्वतको आठौं पदस्थापना एवम् रोट्रयाक्ट क्लव अफ पर्वतको सातौं पदस्थापना कार्यक्रम शुक्रवार पर्वत जिल्ला सदरमुकाम कुश्मावजारमा सम्पन्न भएको छ ।

समारोहमा क्लवका रोटरी वर्ष २०१६/१७ का अध्यक्ष रो. गणेश पौडेलले आफ्नो कार्यकालको उपलव्धीको प्रस्तुती सहित वर्ष २०१७/१८ का अध्यक्ष रो. विप्लप हमाललाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । जिम्मेवारी हस्तान्तरसंगै स्वीकारोक्ती मन्तव्य दिंदै हमालले रोटरीको गरिमालाई थप उचाईमा पु-याउन आफ्ना व्यक्तिगत समस्यालाई व्यवस्थापन गरी वर्षभर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्षको सपथ ग्रहणसंगै वोर्डका पदाधिकारीको सपथ ग्रहण गराई पदस्थापित गरिएको थियो । समारोहमा पदस्थापित हुने क्लवका नयाँ पदाधिकारीहरुमा प्रेसिडेण्ड रो. विप्लप हमाल, इमिडेट पास्ट प्रेसिडेण्ड रो. गणेश पौडेल, प्रेसिडेण्ड इलेक्ट रो.रामकृष्ण रेग्मी, प्रेसिडेण्ड नोमेनी रो. रमेश लामिछाने, फष्ट भाईस प्रेसिडेण्ट रो.केदारनाथ शर्मा, भाईस प्रेसिडेण्ट रो. लेखनाथ पौडेल, क्लव सेक्रेटरी रो. उत्तम प्रसाद अधिकारी, ज्वइन्ट सेक्रेटरी रो. धन वहादुर पौडेल, ट्रेजरर रो. कृष्ण प्रसाद शर्मा, सर्जेन्ट एट आर्म रो. प्रेमराज शुसिल रहनु भएको छ । यसै गरी अन्य पदाधिकारीहरुमा कम्प्युनिटी सर्भिस चियर रो. हिम वहादुर पौडेल, क्लव एडमिन चियर रो. ठाकुर वि.पौडेल, क्लव मेम्मरसिप चियर रो. नवराज भण्डारी, पि.आर. चियर रो. दोर्णराज पौडेल, टिआरएफ चियर रो. चित्र वहादुर अधिकारी, युथ सर्भिस चियर नवराज शर्मा रहनु भएको छ । कार्यक्रममा सपथ ग्रहण लिने यस वर्षका अन्य पदाधिकारीहरुमा डाईरेक्टर विमल शर्मा, मोहन आचार्य, केदारनाथ शर्मा, अज्युत तिवारी र नेत्र पौडेल रहनु भएको छ ।

रोटरी डिष्ट्रिक ३२९२, नेपाल भुटानका डिष्ट्रिक प्रेसिडेण्ट नोमेनी रो. किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यता, अञ्चल प्रहरी प्रमुख एसएसपी विक्रम गुरुङ्ग, नि.प्रमुख जिल्ला अधिकारी डिल्लाराम शर्माको विशिष्ट आतिथ्यता, पर्वत, वाग्लुङ्ग र पोखराका डिष्ट्रिक अफिसरहरु, क्लवका पदाधिकारी एवम् सामाजिक संघसंस्थाका प्रमुख, प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मीहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रम, क्लवका सचिव उत्तम अधिकारीको सञ्चालित कार्यक्रममा संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अथिति श्रेष्ठले रोटरीले विश्ववाट नै पोलियो उन्मुलन गरी हाल निरक्षता उन्मुलनमा लागि परेको वताउदै यस अभियानमा हरेक रोटरीयनको योगदानको खाँचो रहेकोमा जोड दिनु भयो । विशिष्ट अतिथि एसएसपी गुरुङ्गले रोटरी रोट्रयाक्ट जस्ता सामाजिक संस्थाहरुले सामाजिक विकृती र अपराध न्यूनिकरणको क्षेत्रमा पनि भुमिका खेल्न आह्वान गर्नुभयो । कार्यक्रममा रोटरी जोन–७ का एसिस्टेन्ट गर्भनर रो. नारायण प्रसाद शर्मा, रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष रो. गोपी अधिकारी, रो. शिव शर्मा पौडेल, रो. प्रेम प्रसाद पौडेल, रो. गणेश वहादुर क्षेत्री, पुर्व प्रेसिडेण्ट इलेक्ट, वर्तमान क्लव सल्लाहकार एवम् इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष रो. सावित्री खत्री क्षेत्री, रोट्रयाक्ट जोन–४ का जेडआरआर रो. दिपेन्द वहादुर घिमिरे, रोट्रयाक्ट क्लवका सचिव रो. अमृत पोखरेल लगायतले विभिन्न जिम्मेवारीको वारेमा वोल्नु भएको थियो ।

कार्यक्रममा पर्वत जिल्ला कुश्मानगरपालिका, वडा नं. १०, पिपलटारी निवासी मुक्तीराम परियारलाई अमर टिका फाउण्डेशनको सौजन्यमा रोटरी भोकेशनल अवार्ड प्रदान गरिएको थियो भने क्लवका सल्लाहका ओम प्रसाद उपाध्यायलाई जिएसआर अवार्डवाट, क्लवका कोषाध्यक्ष कृष्ण प्रसाद शर्मालाई वेष्ट रोटरीयन अवार्डवाट र डाईरेक्टर नेत्र पौडेललाई मष्ट एडेन्डेन्स अवार्डवाट प्रदान गरिएको थियो ।

यसै विच नयाँ रोटरीयन अधिवक्ता चन्द्र वहादुर क्षेत्री, पुर्व रोटरीयन योगराज गिरी, प्रभु वैंकका शाखा प्रवन्धक हेमन्तवावु आचार्य र नमुना आवसीय मा.वि.का शिक्षक गंगाराम पौडेललाई रोटरी पिन प्रदान गरिएको थियो भने दुई दर्जन नयाँ रोट्रयाक्ट सदस्यहरुलाई पनि फुलमालाले अविर लगाई स्वागत एवम् पिन प्रदान गरिएको थियो ।

यसै गरी सो कार्यक्रमका विच रोट्रयाक्ट क्लव अफ पर्वतको सातौं पदस्थापना समेत सम्पन्न भएको छ । रोटा वर्ष २०१६/१७ का अध्यक्ष रो. आरसी पौडेलले आफ्नो कार्यकालको उपलव्धीको प्रस्तुती सहित वर्ष २०१७÷१८ का अध्यक्ष रो. मिलन सुवेदीलाई जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । अध्यक्षको सपथग्रहणसंगै वोर्डका पदाधिकारीको सपथ ग्रहण गराई पदस्थापित गरिएको थियो । समारोहमा पदस्थापित हुने क्लवका नयाँ पदाधिकारीहरुमा प्रेसिडेण्ड रो. मिलन सुवेदी, इमिडेट पास्ट प्रेसिडेण्ड रो. आर.सी. पौडेल, प्रेसिडेण्ड इलेक्ट रो.गणेश पौडेल, प्रेसिडेण्ड नोमेनी रो.मिना खड्का, फष्ट भाईस प्रेसिडेण्ट रो. गणेश पौडेल, भाईस प्रेसिडेण्ट रो. उत्तम के.सी., कामना रेग्मी, क्लव सेक्रेटरी रो. अमृत प्रसाद पोखरेल, ज्वइन्ट सेक्रेटरी रो. दिनेश तिवारी, ट्रेजरर रो. प्रताप आचार्य, ज्वइन्ट ट्रेजरर रो. अर्जुन वहादुर के.सी., सर्जेन्ट एट आर्म रो. गोपाल रिजाल रहनु भएको छ । यसै गरी अन्य पदाधिकारीहरुमा प्रोफेशनल सर्भिस डाईरेक्टरमा रो. प्रकाश पौडेल, कम्प्युनिटी सर्भिस डाईरेक्टरमा रो. प्रकाश पौडेल, क्लव सर्भिस डाईरेक्टरमा रो. प्रवेश पौडेल, इन्टरनेशनल सर्भिस डाईरेक्टरमा रो. विसन क्षेत्री, इटिटरमा रो. सन्तोष पौडेल रहनु भएको छ । यसै गरी महिला कोअर्डिनेटरमा पुजा पौडेल, स्पोर्ड कोअर्डिनेटरमा रो. अर्जुनराज पुरी, साप कोअर्डिनेटरमा रो.जीवन पौडेल, मिडिया कोअर्डिनटरमा रो. प्रमोद शर्मा, आईटी अफिसरमा श्री राम भण्डारी, कल्चरल कोअर्डिनेटरमा रो. केशव पौडेल, मेम्वरसीप ग्रोथ कोअर्डिनेटरमा रो. ध्रुव पौडेल र रोट्रयाक्ट प्रोमोशन कोअर्डिनेटरमा रो. सन्तोष थापा रहनु भएको छ ।

सन २०१० मा रोटरी क्लव अफ पोखरा मिडटाउनको सौजन्यता, डिष्ट्रिक गर्भनरका विशेष प्रतिनिधी रो. मुकुन्द शर्मा पौडेलको विशेष पहल, सामाजिक व्यक्तित्व रो. विश्व प्रकाश प्रसाईको संंस्थापक अध्यक्षतामा रोटरी क्लव अफ पर्वत स्थापना भएको थियो । यस क्लवले रोट्रयाक्ट क्लव अफ पर्वत र पर्वत–पोखरा गरी दुई रोट्रयाक्ट क्लव, इनरह्वील क्लव अफ पर्वत र आरसिसी मुडिकुवालाई प्रर्वद्धन गरेको छ । आधा दर्जन मेगा हेल्थक्याम्प सञ्चालन, आधा दर्जन विद्यालयमा कम्प्युटर, इ–लाईव्रेरी, फर्निचर, विद्यालय भवन निर्माणमा सहयोग गर्नुका साथै दर्जनौ दिनदुखीको दुख र प्राकृतिक आपत विपतमा समेत क्लवले सहयोग पु-याउदै आई रहेको छ । क्लले रोटरी एम्वुलेन्स सेवा सञ्चालनको लागि पहल शुभारम्भ गरेको छ, जसका लागि संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको पहलमा १ लाख सहयोग प्राप्त भएको छ भने अन्य विभिन्न स्रोतवाट चार लाख भन्दा वढि रकम संकलित भएको छ । यस वर्ष ग्लोवल ग्राण्टको मेगा प्रोजेक्ट सञ्चालनको लागि तयारी गरेको छ । सवारी दुर्घटनामा दिवंगत हुनु भएका रोट्रयाक्ट क्लव अफ पर्वतका पुर्व अध्यक्ष रो. सन्तोष पौडेलको स्मृतीमा क्लवले ९ लाख ६५ हजार रुपैयाँ संकलन गरी सन्तोष स्मृती फाउण्डेशन स्थापना गरेको छ, जुन अत्यन्त सह्रानीय कार्यका रुपमा रहेको छ ।

रोटरी क्लवमा ४७ जना, रोट्रयाक्ट क्लव अफ पर्वतमा ९६ जना, रोट्रयाक्ट क्लव अफ पर्वत–पोखरामा ३२ जना र इनरह्वील क्लव अफ पर्वतमा २७ जना गरी झण्डै ७ सय सात सामाजिक स्वयम्सेवकहरुलाई दिनदुखीको सेवामा समर्पित र परिचालित गर्न सफल रोटरी पर्वत परिवार पर्वत जिल्लाको एक स्थापित सामाजिक संस्थाको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here