साजन परियारफलेवास पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई कटुवाचौपारी स्थित आईबल एकेडमी बोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेल हराएर मृत्यु भएको लगभग ४५ दिन भयो । २१ ब्र्षिय पौडेलको असार ७ गते अर्थात १५ दिन पछि कालीगण्डकी नदिको किनारमा शव सडेगलेको अवस्थामा फेला परेको थियो । नारायण पौडेलको हत्या भएको लामो समयसम्म पनि जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा केहि सत्यतथ्य बाहिर लगाउन सकेको छैन ।

लामो समयसम्म पनि शिक्षक पौडेलको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सामजिक सञ्जालमा जिल्ला प्रहरी कार्यालय पर्वतको चर्का आलोचना भएको छ ।

यद्यमी जिल्ला प्रहरी घटनाको नजिक पुग्न भने सकेन् । जिल्ला प्रहरी कार्यालयलाई अहिले यो बिषयले टाउको दुखेको छ । शिक्षक पौडेलको मृत्युको बिषय अहिले रहस्यमय बन्दै गएको छ । लामो समयसम्म पनि रहस्य खुल्न नसकेपछि प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी) को सहयोग लिने बताएपनि उक्त विषय रहस्यमय नै बन्यो ।

शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युका बारेमा थप अनुसन्धानका लागि पर्वतबाट बागलुङ जिल्ला प्रहरी कार्यालय पठाईएको छ । जिल्ला प्रहरी कार्यालय प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न नसकेपछि थप अनुसन्धानका लागि बागलुङ लगिएको थियो । पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्त लगायतका बागजात पर्वत जिल्ला प्रहरी प्राप्त भई अनुसन्धान गरिरहे पनि सत्य–तथ्य व्यहोरा थाहा हुन नसकेकाले बागलुङ पठाएको प्रहरीले बताएको छ ।

शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र २ जना अभिभावक सहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएका थिए । घटना घटेको लामो समयसम्म पनि सत्यतथ्य बाहिर नआएको भन्दै पर्वतका शिक्षक संगठनले पनि संयुक्त विज्ञप्ति निकालेर तत्काल अनुसन्धानलाई तीव्रता दिन दवाव दिएका थिए । प्रहरीले आइबल एकेडेमीका प्रधानाध्यापक विमल पौडेल, अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपनि सत्यतथ्य पत्ता लाग्न सकेन ।

पौडेल कुश्मा–५ मेलमिलापचोकमा डेरा लिएर बस्दै आएका थिए । विद्यालयमा विद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि विद्यालय प्रशासनले अभिभावकसँग माफी माग्न आग्रह गरेको विद्यालय स्रोतले जनाएको थियो । उक्त दिनपछि नारायण विद्यालय गएका थिएनन्। पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएकोे थियो । लामो समयसम्म पनि शिक्षक पौडेलको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सामजिक सञ्जालमा जिल्ला प्रहरी कार्यालय पर्वतको चर्का आलोचना भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here