काठमाडौ । इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले स्पेनिस च्याम्पियन रियल मड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई चेल्सीमा अनुबन्धित गरेको छ । चेल्सीले ६ करोड पाउण्ड स्ट्रर्लिङ कीर्तिमानी रकममा मोराटालाई अनुबन्ध गरेको हो ।

स्पेनिस मोराटाले गएको सिजन च्याम्पियन्स लिग तथा ला लिगा च्याम्पियन रियल मड्रिडका लागि २० गोल गरेका थिए ।
उनी गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब रियल मड्रिड फर्किएका थिए ।

मोराटा अब चेल्सीको प्रिसिजन एसिया भ्रमण टिममा सहभागी हुने सम्भावना छ । चेल्सीले यसअघि सन् २०११ को जनवरीमा फर्नान्डो टोरेसलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here