काठमाडौ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक लम्बिएको छ । सोमबारदेखि सुरु भएको सचिवालय बैठक आज बिहान ११ बजे फेरी बस्न लागेको हो ।

अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको मौखिक प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको माओवादी केन्द्रले जनाएको छ । आज नेता रामबहादुर थापा र अध्यक्ष दाहालले बोल्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

पाँच दिनसम्म सचिवालय सदस्य र जिल्ला इन्चार्जहरूले गरेको रिपोर्टिङको आधारमा बैठकमा अध्यक्षले लिखित निर्णय प्रस्तुत गर्ने प्रवक्ता भुसालले बताउनुभयो । अध्यक्षको प्रस्तावमा छलफलपछि आवश्यक निर्णय गरेर बैठक सकिनेछ ।

बैठकमा बोल्ने अधिकांशले संगठन कमजोर भएको भन्दै आगामी दिनमा सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here