काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता तुलसीकुमारी र पिता भक्तलालको माहिला सुपुत्रको रूपमा जन्मिनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा निधन भएको थियो ।

तत्कालीन प्रजा परिषद्का नेताहरू टङ्कप्रसाद आचार्य, बीपी कोइरालासँगको सहकार्यमा उहाँले राणा शासन विरुद्धको अभियान चलाउनुभएको थियो ।  सोही अभियानको लामो सङ्घर्षपछि मुलुकमा प्रजातन्त्र उदय भएको थियो । वि.सं. २००६ सालमा भारतको कलकत्तामै पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको गठन गर्नुभएको हो ।

नेता पुष्पलाल श्रेष्ठको स्मरणमा आज विभिन्न ठाउँमा स्मृति सभाको आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here