एजेन्सी । ब्रजिलको एक अदालतले पूर्व राष्ट्रपति लुइज ईनासियो लुला डा सिल्भाको सबै सम्पत्ति रोक्का गर्न आदेश दिएको छ ।

अदालतले भ्रष्टाचारको मुद्दा खेपिरहेका लुलाको बैंक खातामा रहेको करिब २ लाख डलर समेत रोक्का गर्न आदेश दिएको छ । अदालतको यो आदेशपछि लुलाको घर, जमिन, कार लगायत सबै सम्पत्तिको कारोबार रोकिने छ ।
यसअघि अदालतले लुलाविरुद्ध साढे ९ बर्षको जेलसजाय सुनाएको थियो ।

आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आएका लुलाले अदालतको आदेशविरुद्ध लुलाले अपिल गर्न पाउनेछन् । तर अपिल असफल भए उनलाई कारागार चलान गरिनेछ भने सबै सम्पत्ति रोक्का हुने उल्लेख छ ।

सन् २०११ देखि ८ बर्षसम्म ब्रजिलको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लुला निकै लोकप्रिय थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here