काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । पार्टी कार्यालय, सानेपामा जारी बैठकमा स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन परिणामको समीक्षा र असोज २ गते हुने तेस्रो निर्वाचनको तयारीबारे छलफल भइरहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको छ । पार्टीको भित्रको अन्तरघातले चुनावमा सोचेजस्तो नतिजा आउन नसकेको स्वीकारेको काग्रेसले तेस्रो चरण र प्रदेश तथा संघीय संसदको निर्वाचनको रणनीति तयार गर्नेछ ।

संसदीय निर्वाचनमा पहिलो बनेको कांग्रेस स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा दोस्रो स्थानमा सीमित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here