• साउन ६, २०७४ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को निर्देशनमा छोरीलाई र्निघात कुटने रुपन्देही सम्मरीमाई–६ का ईन्दल यादवलाई प्रहरीले गिरफतार गर्दै, घटना दर्ता न गर्ने प्रहरी निरीक्षक उदय सिह सिजापतीलाई विभागीय कारवाही गर्ने भएको छ ।
    गृहमन्त्री शर्माले सम्बन्धित निकायलाई सो घटनाका सबै दाषीहरुलाई आवश्यक कारवाही गर्न समेत निर्देशन दिनु भएको छ ।
    रुपन्देहीमा एक जना युवतीलाई कैयोको भीडमा आफन्तले कुटपिट गरेको भिडीयो बुधबार सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्रालयको त्यसतर्फ ध्यानाकर्षन भएको हो ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार पिडीत मनीता यादवलाई कुटने उनका बुवा इन्दल यादवलाइ बिहीबार राती १२ बजेनै पक्राउ गरिएको छ ।
    प्रमुख जिल्ला अधिकारी सिंहका अनुसार २०७४, आषाड १९ गते बेलुकी घटेको घटनामा संलग्न युवतीका ठुलो बुवा लालमन यादव, उनकी श्रिमती, दाई दिनेश यादव र छिमेकी पशुपती कोइरीको खाजी भई रहेको छ ।
    भिडीयोमा कुटीएको अवस्थामा देखाइएका १७ वर्षिया पिडीत मनिता यादव र वर्ष १९का दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको छ ।भिडीयोमा कुटीएको अवस्थामा देखाइएका १७ वर्षिया पिडीत मनिता यादव र वर्ष १९का दिनेश लोधलाई सुरक्षाको खतराका कारण प्रहरी चौकीमै राखिएको छ ।
    प्रहरी उपरिक्षक रविन्द« धानुकका अनुसार कानुनी कारवाही न चालेको कारणले निरीक्षक उदय सिह सिजापतीलाई विभागीय कारवाहीको सिफारीश गरिएको हो ।
    उपरिक्षक धानुले प्रहरी घटनास्थलमा न भएको तर पछि त्यहाँ पुगेको बताउनु भयो ।
    मनिता यादव र दिनेश लोधबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
    विवाहीत लोध दलित समुदायका हुन भने मनिताको मधेसी संस्कार अनुसार विवाह भई सकेको तर गउना गर्न बाकी रहेको जानकारीका आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here